बझाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृ*त्यु*

बझाङ : बझाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको तल्कोट गाउँपालिका– ५ भक्तपुर भन्ने स्थानमा ट्याक्टर दुर्घटना हुँदा गाउँपालिकाको वडा नं. ४ उपरकोटका विकास सिँहको मृत्यु भएको हो ।

दुर्घटनामा ४ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । घाईते हुनेमा सोही गाउँपालिका–४ का ३० वर्षीय खगेन्द्र खत्री, सोही वडाका भूपेन्द्र सिंह र अभिषेक सिंह तथा वडा नम्बर ५ का लोकेश मल्ल रहेको प्रहरीले बताएको छ। घाइतेहरूको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ।

SHIKHAR COOL TECH

शुक्रबार बिहान करिब ४ बजे दाँतोलाबाट खौला बजारका लागि छुटेको सुदूरपश्चिम प्रदेश ०१००२ त ४८३० नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले बताएको छ। प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार