काठमाडौं : गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (ओपीएमसी) सञ्चालन गर्ने तयारी सुरु भएको छ ।
मुख्यसचिव एकनारायण अर्यालले शुक्रबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित विभिन्न मन्त्रालयहरूको स्थलगत अनुगमन गरेपछि यस्तो तयारी गरिएको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखानाबाट प्रवेश गर्ने गेट नजिकै नयाँ गृह मन्त्रालयको भवन बनेको छ ।
यससँगै अहिले गृह मन्त्रालय रहेको जीर्ण भवनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सार्ने र शिक्षा मन्त्रालयलाई केशरमहलमा स्थानान्तरण गर्ने प्रक्रिया अघि बढाइएको छ ।
प्रतिक्रिया दिनुहोस्