संसद विघटनमा अड्कियो हलो, समाधानका लागि त्रिपक्षीय बैठक बस्दै

भक्तराज जोशी

काठमाडौं : ससंद विघटनको मागबाट जेनजीका विभिन्न समूह पछि नहटेपछि त्यसको कानूनी विकल्प खोज्न बैठक बस्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेल, प्रधान सेनापति अशोकराज सिग्देल र जेनजीबाट प्रधानमन्त्रीमा प्रस्तावित सुशीला कार्कीसहितको बैठक बस्ने भएको हो ।

स्रोतका अनुसार अरु विषय टुंगिए पनि संसद विघटनको विषयमा सहमति जुट्न सकेको छैन । काठमाडौंका मेयर बालेन्द्र साह र जेनजीले संसद विघटनलाई बटमलाइन बनाएका छन् । तर, राष्ट्रपति सहमत नभएपछि यसमै हलो अड्किएको स्रोतहरूको भनाइ छ ।

Galaxy

बिहीबार मध्यरातसम्म राष्ट्रपति रामचन्द्र पौडेलसहित भएको छलफलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बन्नेमा सहमति जुटेको थियो । तर, संविधानको कुन धारामा टेकेर प्रधानमन्त्री घोषणा गर्ने भन्ने निर्क्यौल भएको छैन । संसद विघटन नगरी प्रधानमन्त्री बनाउँदा संवैधानिक नहुने र संसद विघटनका लागि पनि कानूनी आधार नदेखिएकाले अन्योल भएको हो ।

राष्ट्रपति पौडेलले प्रधान सेनापति अशोकराज सिग्देल, सभामुख देवराज घिमिरे, जेनजी प्रतिनिधि, संवैधानिक कानूनविद् र राजनीतिका दलका नेतासँग हिजो छलफल गरिसकेका छन् । कार्कीलाई प्रधानमन्त्री स्वीकार्न दलहरु पनि तयार देखिएका छन्, तर संसद विघटनमा तयार छैनन् । उनीहरूले संसदीय प्रक्रियाबाट कार्कीलाई प्रधानमन्त्री बनाउने उपाय खोज्न सुझाएका छन् ।

धोका नहुने र जेनजीहरूको माग जसरी पूरा गर्ने राष्ट्रपति र प्रधानसेनापतिले आश्वस्त पारेपछि सबै समूह सहमति नजिक पुगेको स्रोतले बतायो ।

जेनजीको समूहबाट कानूनविद्को रूपमा अधिवक्ता ओमप्रकाश अर्याललाई अघि सारिएको छ । संसद विघटनको कुरा टुंगिएपछि मात्रै भौतिक उपस्थितिबीच सबैसँग सहमति हुने बताइएको छ ।

मन्त्रिपरिषद् गैरदलीय

पूर्वप्रधानन्यायाधीश कार्की नेतृत्वको मन्त्रिपरिषद् गैरदलीय हुने भएको छ । कुनै पनि राजनीतिक दलले आफ्ना मन्त्री नपठाउने, तर मन्त्रीबारे उनीहरूसँग परामर्श गरिने स्रोतले जनाएको छ । मन्त्री बनाउने नाममा विभिन्न अभियोग लागेका, सामाजिक र नैतिक पतन भएका व्यक्ति पर्ने खतराप्रति दलहरूले सचेत गराएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार