दुर्गा प्रसाईंको मागः राष्ट्रपति र संविधान दुवै निलम्बन गरेर सेनाले अन्तरिम सरकार घोषणा गर्नुपर्छ

काठमाडौं : राजावादी अभियन्ता दुर्गा प्रसाईंले देश जोगाउने जिम्मेवारी नेपाली सेनाको काँधमा आएको बताएका छन् । राष्ट्रपति र संविधान दुवै निलम्बन गरेर सेनाले अन्तरिम सरकार घोषणा गर्नुपर्ने उनको प्रस्ताव छ। यही संविधान जिवित राखेर जेनजी आन्दोलनको औचित्य नरहने प्रसाईंले दावी गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘संविधान यही ? संसद यही ? राष्ट्रपति यही ? व्यवस्था यही ? यदि सबै यही हो भने आन्दोलन किन गरियो ? ती कलिला बच्चाको हत्या किन भयो ? ५० खर्वभन्दा बढीको राज्य सम्पत्तिको नाश किन भयो ? जेन–जीका परिवारको आँसु र रगतको हिसाब कसले गर्ने ?’

Galaxy

संसारभरिका सफल आन्दोलनहरूले कहिल्यै पुरानो संविधानलाई मान्यता नदिएको र नयाँ संविधानमार्फतै नयाँ व्यवस्था जन्माएको प्रसाईंले तर्क गरेका छन् ।

उनी भन्छन्, ‘राष्ट्रपति र संविधान दुवैलाई निलम्बन गरेर सेनाले अन्तरिम सरकार घोषणा गर्न सक्नुपर्छ । नत्र हाम्रा पुर्खा र अबोध बालबालिकाको बलिदान रगतले हामीलाई पोल्नेछ । हाम्रो पुस्ता सरापिनेछ, र अन्ततः हामीलाई यो देशमै बसाइ नहुने दिन आउन सक्छ ।’

प्रसाईंले हिजो दिनभर प्रधानसेनापति अशोकराज सिग्देलसँग जंगी अड्डामा वार्ता गरे्का थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार