अहिले हाम्रो घर छैन, तर त्रिपालमुनी बसेर पनि देश समृद्ध बनाउँछौँ : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब बन्ने अन्तरिम सरकारलाई संविधानसँग जोड्न आवश्यक रहेको बताएका छन् ।

सामाजिक सञ्जालमा फेसबुकमार्फत् भिडियो सन्देश जारी गर्दै पूर्वमन्त्री समेत रहेका महामन्त्री थापाले आन्दोलनकारीहरुले नै चाहेको आधारमा नै सरकार बन्ने तर संविधान अनुसार नै हुनुपर्ने उनको धारणा रहेको छ ।

Galaxy

‘आज साँझसम्म अन्तरिम सरकारको कुरा टुंगिएला, आन्दोलनकारी साथीहरुले माग गरे अनुरुप उहाँहरुले छानेको व्यक्तिको नेतृत्वमा सरकार बनाउनका निम्ति नेपाली कांग्रेस पार्टी तयार मात्र होइन, यसका निम्ति आवश्यक वातावरण पनि बनाइरहेको छ । त्यही सरकारले अगाडीको वातावरणलाई अगाडि बढाउँछ, निर्वाचन गराउँछ, अहिलेको छानबिनको काम, पुनःनिर्माणको कामको नेतृत्व गर्छ, एउटै कुरा छ कि यो सरकारलाई हामी संविधानसँग जोड्न चाहन्छौँ,’ उनले भनेका छन् ।

त्यस्तै अहिलेको अवस्थामा नेपालीहरुको घर, सरकारी संरचना, नेताहरुको घर मात्रै होइन सारा नेपालीको मन पनि जलेको उनले बताए । साथै त्यसलाई टाल्ने र चिर्ने काम आफूहरुले गर्ने विश्वास दिलाए ।

महामन्त्री थापाले अहिले कुनै पनि नेताहरुको घर बाँकी नरहेको भन्दै आगामी दिनमा त्रिपालमुनी बसेर पनि देश समृद्ध बनाउने विश्वास व्यक्त गरे । साथै आगामी दिनमा जनताको विश्वासलाई आत्मसाथ गरेर अघि बढ्नु आवश्यक रहेको उनको धारणा रहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार