भारतमा मजदुरी गरी फर्किएका नेपाली कञ्चनपुरमा लुटिए

कञ्चनपुर : भारतमा मजदुरी गरी कालिकोटस्थित घर फर्किरहेका दुई जना नेपाली कञ्चनपुरमा लुटिएका छन् । कालिकोटको पलाता गाउँपालिका–७ का कलमबहादुर धामी र नैनबहादुर धामी बिच बाटोमै लुटिएका हुन् । नगद र मोबाइल लुटिएपछि बिचल्लीमा परेको उनीहरुले बताएका छन् ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी क्षेत्रमा सेतो रङको स्कुटरमा आएका तीन जना अपरिचित व्यक्तिले हतियार देखाई लुटेको कलमबहादुरले बताए ।

Galaxy

‘सवारीसाधन नपाएपछि महेन्द्रनगरबाट पैदल हिँडेका थियौं’, कलमबहादुरले विहीबार भएको घटना सुनाए, ‘तीन जना स्कुटरमा आएका अपरिचित व्यक्तिले खुकुरी देखाउँदै मेरो मोबाइल खोसे । त्यसपछि मेरो साथमा रहेको १४ हजार भारु पनि खोसे । राजमार्गमा अर्को यात्रु चढेको मोटरसाइकल नजिकै आउन थालेको देखेपछि भागे ।’

कलम, नैनबहादुरसँगै सिंहराज खत्री, कलबहादुर खत्री र अभिराज धामी पनि थिए । दुई जनालाई लुटेराहरूले लुटे पनि तीन जना भने लुटिनबाट जोगिएका छन् ।

लुटपाट भएकोबारे इलाका प्रहरी कार्यालय झलारीमा जानकारी गराइएको नैनबहादुरले बताए । प्रहरी निरीक्षक राजेश बस्नेतले पीडितले दिएको हुलियाका आधारमा लुटेराहरूको खोजतलास भइरहेको जानकारी दिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार