राष्ट्रपतिको अपील- संविधानको दायरामा रही निकास दिन हर प्रयास भइरहेको छ, संयमतापूर्वक सहयोग गरौं

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले आन्दोलनकारी नागरिकको माग सम्बोधन गर्न छिटोभन्दा छिटो समस्याको समाधानको खोजी भइरहेको विश्वस्त गराएका छन् ।

आज विज्ञप्ति जारी गर्दै पौडेलले देशको विषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रही कसरी निकास दिन सकिन्छ भनेर विचार विमर्श र हर प्रयासमा रहेको विश्वस्त पारेका छन् ।

Galaxy

मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न सबै पक्षलाई संयमता अपनाउन उनले अपीलसमेत गरेका छन् ।

राष्ट्रपति पौडेलले भनेका छन्- देशको अहिलेको विषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर म विचार विमर्श एवं हर प्रयास गर्दैछु । आन्दोलनकारी नागरिकहरूको माग सम्बोधन गर्न छिटोभन्दा छिटो समस्याको निदानको खोजी भइरहेको कुरामा विश्वस्त हुन र संयमतापूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न सबै पक्षलाई अपील गर्दछु ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार