काठमाडौं : जेनजीको आन्दोलन र आगजनीपछि सिंहदरबार अस्तव्यस्त भएपछि मुख्यसचिव एकनारायण अर्यालले सचिवहरूसँग भर्चुअल संवाद गरेका छन् ।
घटनाबारे सामान्य छलफल भए पनि ठोस निर्णय भने नभएको सहभागी एक सचिवले जानकारी दिए ।
जेन-जीको आन्दोलनपछि प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि राजनीतिक नेतृत्वमा देखिएको अन्योलताले कर्मचारी प्रशासन पनि अस्तव्यस्त छ । ती सचिवले भने, ‘सिंहदरबारमा आगजनी भएपछि कार्यालयमा कोहीँ पनि गएका छैनन् । यद्यपि बुधबार मुख्यसचिवज्यूसँग भर्चुअल संवाद भने भएको छ । हामी कर्मचारी राजनीतिक नेतृत्व नहुँदा केही निर्णय लिन नसक्ने अवस्थामा छौं ।’
राजनीतिक निकासपछि मात्रै प्रशासनिक गतिविधि सामान्य अवस्थामा फर्किने सम्भावना देखिएको ती सचिवको भनाइ छ । सेनाले जारी गरेको निषेधाज्ञामा सरकारी निकायका कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी र सार्वजनिक संस्थानका कर्मचारीलाई परिचयपत्र देखाएर आवतजावतमा सहजिकरण गर्ने उल्लेख छ।
प्रतिक्रिया दिनुहोस्