गोदावरी–खानीडाँडा सडक भाँसिएको दुई वर्षपछि स्तरोन्नति

कैलाली : सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गअन्तर्गत गोदावरी–खानीडाँडा सडकखण्ड दुई वर्षपछि स्तरोन्नति गरिएको छ। 

वर्षाका कारण पहिरोले क्षतिग्रस्त कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोला क्षेत्रको सडकखण्ड मर्मत गरिएको सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ। कार्यालयका सिनियर डिभिजनल इन्जिनियर राजेशकुमार यादवले पहिरो गएको एक महिनाभित्र दुईतर्फी यातायात सञ्चालनमा ल्याइए पनि दिगो समाधानका लागि विस्तृत अध्ययन गरी निर्माण गर्दा दुई वर्ष लागेको बताए। 

Galaxy

मर्मतसँगै पर्खाल लगाएर बाटो फराकिलो बनाइएको छ। सडक मर्मतपछि  सहज रूपमा दुईतर्फी सवारीसाधन सञ्चालन हुन थालेको छ। विसं २०८० साउन २३ मा अविरल वर्षापछि पहिरोले उक्त सडक खण्डअन्तर्गत बुढीतोला क्षेत्रमा करिब पाँच सय ७० मिटर सडक भाँसिनुका साथै माथिबाट पहिरो खसेको थियो। 

पहिरोले एक सातासम्मसुदूरपश्चिमका डडेल्धुरा, बैतडी, बझाङ, डोटी, अछाम, बाजुरा र दार्चुला गरी सात पहाडी जिल्लाको सम्पर्क टुटेको थियो। इन्जिनियर यादवका अनुसार जमिनमुनिको पानीका कारण ठूलो भू–भाग नै भाँसिएकाले तत्कालै परामर्श सेवामार्फत आवश्यक अनुसन्धान गरी त्यसको निष्कर्ष र सुझावका आधारमा मर्मत सुरु भएको थियो। पहिलो चरणको मर्मतका लागि गत वैशाख २७ गते ‘जिएसआई हटैराज जेभी’ कम्पनीसँग छ करोड ४७ लाखमा ठेक्का सम्झौता भएको थियो। 

“पहिरो नियन्त्रणका लागि भूमिगत पानी व्यवस्थापन गर्न पाँच वटा इनार निर्माण गरिएका छन्। उक्त पानी सङ्कलन गरी सुरक्षित रूपमा निकास दिई जमिन स्थिर राख्ने काम भएको छ”, उनले भने,“इनार बनाउने, ‘सब–सर्फेस ड्रेनेज’को काम गर्ने, सडक काटेर फराकिलो बनाउने र बायो–इन्जिनियरिङ (वनस्पतिको प्रयोगबाट जमिनलाई स्थिर बनाउने) को काम सम्पन्न भइसकेको छ।

सडक भाँसिएको ठाउँमा १० मिटरसम्म अग्लो ‘मेकानिकल’ पर्खाल लगाएर सडकलाई बलियो बनाइएको छ। अब सडक स्थिर भएपछि एक वर्षपछि जमिनको अवस्था हेरेर मात्र कालोपत्रका लागि छुट्टै ठेक्का लगाएर काम गरिने कार्यालयले जनाएको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार