जेन-जीले सरकार प्रमुखमा सुशीला कार्कीलाई अघि सार्ने सम्भावना

काठमाडौं : चार घण्टादेखि जारी जेन–जीको भर्चुअल बैठकमा सर्वमान्य नेताको खोजी भइरहेको छ । उक्त बैठकमा सहभागी भएका सागर ढकालले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीबारे चर्चा गरेका छन् । आफ्नो सर्कलमा कार्कीबारे गरिएको सर्वेक्षणमा ९२ प्रतिशत समर्थन प्राप्त भएको उनले जानकारी दिएका छन् ।

नेपाली सेनाले जेन–जीको प्रतिनिधि बोलाइरहका बेला विभिन्न नेताहरूको विकल्पबारे छलफल भइरहेको छ । यही बेला बिहानैदेखि छलफल चलाइरहेको जेन–जी समूहले भने उपयुक्त प्रतिनिधि भेटिरहेको छैन । सबैले मान्ने व्यक्ति खोजी गर्दा कार्की सही पात्र हुन सक्ने भनिएको छ ।

Galaxy

सागर ढकाल डडेल्धुराबाट कांग्रेस सभापति शेरबहादुर देउवासँग २०७९ सालको निर्वाचनमा प्रतिस्पर्धा गरेर चर्चामा आएका व्यक्ति हुन् । उनी यतिबेला धनगढी रहेको र काठमाडौं आउन यातायात अवरुद्ध हुँदा समस्या भइरहेको जानकारी दिइरहेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार