काठमाडौं : जेनजी पुस्ताको आन्दोलनको नाममा महानगरीय प्रहरी बृत्त महाराजगञ्जमा मारिएका तीन जना प्रहरीको परिचय खुलेको छ।
प्रहरी सहायक निरिक्षक (असई)सहित एक हवल्दार र जवानको आक्रमणकारीले आगजनी गरेपछि मृत्यु भएको थियो।
मंगलबार प्रदर्शनकारीहरूले प्रहरी वृत्त महाराजगञ्जमा प्रहरी रहेकै बेला आगजनी गरेका थिए।
प्रहरी सहायक निरीक्षक (असई) मिलन राय, वरिष्ठ हवल्दार पवित्रा गौली र जवान उत्तम थापाको सो क्रममा जलेर मृत्यु भएको हो।
जेनजी प्रदर्शनकारीहरूले प्रहरी वृत्तमा आगजनी सुरु गरेपछि निसास्सिएर उनीहरूको मृत्यु भएको बताइएको छ।
आगजनी सुरु भएपछि त्यहाँ फसेका केही प्रहरीहरूलाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको थियो।
प्रतिक्रिया दिनुहोस्