कांग्रेस सभापति देउवा खतरामुक्त, सुरक्षित स्थानमा उपचार

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ । उनको सुरक्षित स्थानमा राखेर उपचार भइरहेको स्रोतले जनाएको छ ।

मंगलबार जेनजी प्रदर्शनकारीहरूले बुढानीलकण्ठस्थित निवासमा प्रवेश गरेर देउवा दम्पतीमाथि आक्रमण गरेका थिए । आक्रमणमा परेका देउवालाई सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको थियो ।

Galaxy

सामाजिक सञ्जालमार्फत बाहिरिएको भिडियोमा देउवाको शरीर रगताम्मे देखिन्छ । सुरुमा उनलाई छाउनीस्थित सैनिक अस्पतालमा लगिएको सैनिक अधिकारीहरू बताउँछन् । त्यसपछि अन्यत्र सुरक्षित ठाउँमा राखेर उपचार भइरहेको सैनिक स्रोतले जनाएको छ । सरकारका एक जना उच्च अधिकृत भन्छन्, ‘उहाँ सुरक्षित ठाउँमा हुनुहुन्छ, स्वास्थ्य अवस्था खतरामुक्त छ ।’ देउवा पत्नी आरजु देउवा राणा पनि सुरक्षित ठाउँमा छिन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार