बैतडीमा बन्चरो प्रहार गरि आफ्नै काकीको हत्या, एक जना पक्राउ

बैतडी :  बैतडीमा एक युवकले बन्चरो प्रहार गरि आफ्नै काकीको हत्या गरेका छन्।

जिल्लाको सिगास गाउँपालिका२ पेडेगोदा बस्ने ३० वर्षीय यज्ञ सिंह धामीले आफ्नै काकी सोही ठाउँ बस्ने ३५ वर्षकी बेलमती धामीलाई घरमा सुति रहेको अवस्थामा घाँटी र मुखमा बन्चरो प्रहार गरी हत्या गरेका छन्। बन्चरो प्रहार गरेपछि बेलमतीको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी गाँजरीले जनाएको छ। प्रहरी चौकी गाँजरी, बैतडीबाट खटिएको प्रहरी टोलीले  यज्ञ सिंहलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार