गोदावरी– ६ मा रहेको शैलेश्वरी माविको अध्यक्षमा फुलारा चयन

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका– ६ मा रहेको शैलेश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा जयराज फुलारा चयन भएका छन । शुक्रबार विद्यालयमा बसेको भेलाले फुलारालाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

विद्यालयको नयाँ व्यवस्थापन समिति गठनका लागि अभिभावकका तर्फबाट दलबहादुर शाही, गेडे बोगटी, राधा देवी फुलारा र राम बहादुर चौधरी गरी ४ जना प्रतिनिधि छनौट भएका थिए । त्यसमा नगरका तर्फबाट अध्यक्ष बनेका फुलारा र पार्वती रावललाई प्रतिनिधिका रुपमा पठाईएको थियो । वडाका तर्फबाट वडाध्यक्ष जग्गुराम चौधरी नै प्रतिनिधिका रुपमा गएका थिए ।

Galaxy

भेलाबाट फुलारा अध्यक्ष बन्दा बाँकी रहेका प्रतिनिधिहरु सदस्यमा बसेका छन । ति प्रतिनिधिहरुमध्ये वडाध्यक्ष चौधरी पदेन सदस्यका रुपमा रहेका छन । यस्तै विद्यालयका प्रधानाध्यापक केदार दत्त पन्त सदस्य सचिव बने । समितिका लागि शिक्षक प्रतिनिधिको भने टुंगो नलागेको बताइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार