कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–४ असैनामा रु एक करोड ६७ लाख ७९ हजारको लागतमा वडा कार्यालय भवन निर्माण गरेको छ।
तीनतले भवनमा एक प्रेक्षालयसहित सातवटा कोठा छन्। भवन प्रदेश सरकार र नगरपालिकाको लागत साझेदारीमा निर्माण भएको वडाध्यक्ष कमल ठकुल्लाले जानकारी दिए। केही दिनभित्रै नयाँ भवनबाट सेवा प्रारम्भ हुने उनले बताएका छन्।
प्रतिक्रिया दिनुहोस्