प्रधानमन्त्री ओलीको टिप्पणी : ‘पूर्वराष्ट्रपतिको पार्टी सदस्यताको विषय अनावश्यक ढंगले अघि बढाइयो’

काठमाडौं : प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यताको विषय विधान महाधिवेशनमा छलफल गर्न नमिल्ने स्पष्ट पारेका छन् ।

शुक्रबार ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित पार्टीको दोस्रो विधान महाधिवेशनमा सम्बोधन गर्दै उनले सो विषय महाधिवेशनसँग सम्बन्धित नभएको कारण छलफल हुन नहुने बताए । 

Galaxy

उनले भने, ‘विधान महाधिवेशनमा बेला केही विषयहरू अनावश्यक ढंगले अघि बढाइएको छन् । ती कुराहरू विधानसँग सम्बन्धित छैनन् । ती अन्यत्रै कमिटीगत छलफलका विषय हुन् ।’

प्रधानमन्त्री ओलीले पूर्व राष्ट्रपति भण्डारीको सदस्यताको विषय स्थायी कमिटी वा केन्द्रीय कमिटीमा छलफल गरिने बताए । उनले विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव र सांगठानिक प्रतिवेदनमाथि केन्द्रित छलफल हुने जानकारी दिए ।

उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नेछन् भने महासचिव शंकर पोखरेलले सांगठानिक प्रतिवेदन पेस गर्नेछन्  । ओलीले विधान महाधिवेशनमा विधानसँग सम्बन्धित विषयमा मात्र केन्द्रित भएर छलफल हुने जोड दिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार