रामहरि खतिवडालाई संसदीय सुनुवाइ समितिको सभापति बनाउने तयारी

काठमाडौं : नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई संघीय संसद् अन्तर्गत संसदीय सुनुवाइ समितिको सभापति बनाउने तयारी भएको छ ।

सो समितिको सभापति ईश्वरीदेवी न्यौपानेले राजीनामा दिई राज्य व्यवस्था तथा सुशासन समितिको सभापति निर्वाचित भएपछि सभापति पद रिक्त छ।

यसअघि राज्य व्यवस्था समितिका सभापति खतिवडा कुलिङ अफ रिरियड प्रकरणमा विवादमा आएपछि राजीनामा दिएका थिए ।

खतिवडालाई सभापति चयन गर्न संसदीय समितिका बैठक आज बस्दैछ।

कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा शुक्रबार साँझ पाँच ३ बजे बस्नेगरी बैठक निर्धारण भएको छ। समितिको बैठकमा सभापतिको निर्वाचनका सम्बन्धमा प्रक्रिया अगाडि बढाउने कार्यसूची छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार