पेरिसडाँडामा माओवादी पदाधिकारी बैठकमा के–के भैरहेको छ?

काठमाडौं : नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको छ। बैठकमा सामयिक राजनीतिक घटनासहित पार्टीका आन्तरिक मामलाका विषयमा छलफल छ।

केही समययता अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव जनार्दन शर्मा प्रभाकरबीच देखिएको मतभेदका विषयमा पनि बैठकमा छलफल हुनेछ।

माओवादीले मध्यपहाडी पुष्पलाल लोकमार्ग–जनजागरण अभियान पुनः सञ्चालन गर्ने तयारी गरेको छ।

भदौ २२ गते लमजुङबाट सुरू हुने यो अभियान २३ गते गोरखा, २४ गते धादिङ र २५ गते नुवाकोटमा पुग्नेछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार