काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सार्वजनिक मामिला विभागका सचिव बदन भण्डारीमाथि कुटपिट भएको सो पार्टीले जनाएको छ।गएराति कपनस्थित घर नजिकै कुटपिट भएको हो।
बदनको टाउकोमा गहिरो चोट लागेको छ भने १० वटा टाँका लगाइएको छ।उनलाई बुधबार राति नै चाबहिल चुच्चेपाटीमा अवस्थित स्तूपा सामुदायिक अस्पतालमा ल्याएर उपचार गरिएको थियो।
मोटरसाइकलमा रहेका तीन जना व्यक्तिहरुमध्ये एकजनाले रडले टाउकोमा र अर्कोले खुट्टामा प्रहार गरेका थिए।
प्रतिक्रिया दिनुहोस्