गुलरियाका १५ वर्षीय बालक भारतमा २२ दिनदेखि बेपत्ता

बर्दिया — भारतमा २२ दिनदेखि बेपत्ता गुलरियाका एक बालकको अवस्था अझै अज्ञात छ । गुलरिया नगरपालिका–१० कालाबन्जार १५ वर्षीय सनोज यादव बहराइच बरेलीस्थित मनौना धामबाट बेपत्ता भएका हुन् । उनको खोजीका लागि परिवारले आग्रह गरेका छन् ।

गत साउन २९ गते उनी आमा सरिता यादवलगायत गाउँका व्यक्तिहरुसँग मनौना धाम दर्शनका लागि गएका थिए । साउन ३० गते धामदर्शनका लागि लाइन बसेका बेला उनी हराएको आमा सरिताले बताइन् । बेपत्ता बालकका बुवा वैदेशिक रोजगारमा रहेको परिवारिक स्रोतले जनाएको छ ।

Seti Hospital

गत आइतबार गुलरिया नगरपालिका–१० का वडाध्यक्ष लक्ष्मी नारायण लोध, सञ्चारकर्मी कृष्णप्रसाद भुसालसहित ६ जनाको टोली बालक खोज्न मनौना धाम गएको थियो ।‘हामीले मनौना धाम वरपर बुझ्यौं । तर बालक फेला नपरेको स्थानीय प्रशासनले जवाफ दिएको छ,’ सञ्चारकर्मी भुसालले भने, ‘बालक अन्य कुनै गाडीमा चढेर अन्य ठाउँमा गएको हुन सक्ने स्थानीय प्रशासनले आशंका गरेको छ ।’

बालक बेपत्ता भएको जानकारी पाएपछि काउन्टर पार्टसँग खोजतलासका लागि निरन्तर समन्वय गरिरहेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार