धनगढीमा लागूऔषधसहित एक युवक पक्राउ

धनगढीः धनगढी उपमहानगरपालिका–३ व्यारेल नजिकबाट प्रहरीले एक युवकलाई लागूऔषधसहित नियन्त्रणमा लिएको छ।

बुधवार साँझ प्रहरीले चेकजाँच गर्ने क्रममा डोटीको जोरायल गाउँपालिका–३ बस्ने २३ वर्षीय विजय सुब्बाको साथबाट ४ ग्राम ४५० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारेको हो। उक्त लागूऔषधसहित सुब्बालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार