काठमाडौँ — नेपाल एएफसी यू–२३ एसियाकप छनोटको बुधबार राति भएको खेलमा ताजाकिस्तानसँग ४–० ले पराजित भएको छ । यो जितसँगै ताजाकिस्तान छनोटको समूह ‘के’ को शीर्ष स्थानमा रह्यो ।
नेपाल भने छनोटका चार टिममध्ये पुछारमा रह्यो । यसै समूहको अर्को खेलमा सिरियाले फिलिपिन्सलाई २–१ ले हरायो । अब नेपालले शनिबार हुने खेलमा सिरियाको सामना गर्नेछ ।
त्यही दिन फिलिपिन्स ताजाकिस्तानसँग भिड्नेछ । ताजाकिस्तानको डुसान्बेमा भएको खेलमा घरेलु टिमका लागि मुहम्मद अलि अजिजबोइभले दुई गोल गरे ।
उनले ३९ र ५८ औं मिनेटमा गोल गरेका हुन् । त्यसपछि रहमतजोडदा रहमतसोले ८९ र सरिपोभ डालेरले दोस्रो हाफको इन्ज्युरी समयको पहिलो टिममा गोल गरे ।
प्रतिक्रिया दिनुहोस्