आईसीसी टी-२०आई वरीयता : नाबी दोस्रोमा उक्लँदा दीपेन्द्र तेस्रोमा झरे

 काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउण्डर वरियतामा फेरि तेस्रो स्थानमा खस्किएका छन् ।

आईसीसीले बुधबार सार्वजनिक गरेको वरियता अनुसार दीपेन्द्र तेस्रोमा छन् । यसअघि तेस्रो स्थानमा रहेका अफगानिस्तानका अलराउण्डर मोहम्मद नाबी दोस्रो स्थानमा उक्लिएपछि दीपेन्द्र दोस्रोबाट तेस्रोमा झरेका हुन् ।

Seti Hospital

नेपाली टोलीले करिब ३ महिनादेखि कुनै पनि अन्तर्राष्ट्रिय खेल खेलेको छैन । यसबीचमा हुने अन्य टोलीका खेलाडीहरूको प्रदर्शनले पनि अन्यको स्थानमा फेरबदल ल्याउने गर्छ ।

अफगानिस्तानले हाल यूएईमा पाकिस्तान र यूएईसँग त्रिकोणात्मक शृंखला खेलिरहेको छ । त्यहाँ नाबीले गरिरहेको प्रदर्शनबाट उनको वरियता बढेको हो ।

नाबीको २३१ रेटिङ छ भने दीपेन्द्रको २०९ रेटिङ छ ।

अलराउण्डर वरियताको शीर्ष स्थानमा हार्दिक पान्ड्या यथावत् छन् । चौथोमा वेस्ट इन्डिजका रस्टन चेज छन् ।

नेपालले सेप्टेम्बरको अन्तिममा वेस्ट इन्डिजसँग टी-२०आई शृंखला खेल्दैछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार