काठमाडौं : नेकपा माओवादी केन्द्रकी सांसद छिरिङ ल्हामु लामा (तामाङ)ले संसद् बैठकमा प्रधानमन्त्रीको उपस्थिति अनिवार्य गर्न माग गरेकी छन् ।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो माग गरेकी हुन् । ‘अब सदनको हरेक बैठकमा प्रधानमन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने व्यवस्था गरियोस्,’ उनले भनिन् ।
सरकारले कर्णाली क्षेत्रलाई आवश्यक बजेट विनियोजन नगरेको भनेर समेत असन्तुष्टि जनाइन् ।
कर्णालीका विषयमा सदनमा उठेको विषय प्रधानमन्त्रीले सुन्नुपर्ने र यसका लागि सदनको बैठकमा प्रधानमन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने उनको आग्रह रहेको छ ।
प्रतिक्रिया दिनुहोस्