आज कीर्तिमानी मूल्यमा सुनको कारोबार, तोलाको कति ?

काठमाडौं : केही दिनयता नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड बनिरहेको छ । आज बुधबार पनि पनि सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ ।

आज सुनप्रतितोला दुई लाख ७,९०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

Seti Hospital

मङ्गलबार सुन प्रतितोला दुई लाख ५,९०० रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला दुई हजारले बढेको हो ।

चाँदीको मूल्य भने घटेको छ । आज प्रतितोला ५ रुपैयाँले घटेर दुई हजार ४८० मा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ५३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार