उत्कृष्ट नर्स अवार्डले सम्मानित भइन् बैतडीकी अनमी पुजारा

बैतडी । बैतडीको सिगास गाउँपालिका–४, कान्धारस्थित आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अनमी जानकी पुजारा “उत्कृष्ट नर्स अवार्ड” बाट सम्मानित भएकी छन् ।


स्वास्थ्य खबरपत्रिकाको १६औं वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित १३औं हेल्थ अवार्ड कार्यक्रममा उनलाई सम्मान प्रदान गरिएको हो ।

Galaxy

पुजारा उपकरणबिनै लगातार ६ घण्टासम्म मुखबाट कृत्रिम सास दिँदै नवजात शिशुको ज्यान बचाएको घटनापछि देशभर चर्चामा आएकी थिइन् । दुर्गम क्षेत्रमा सेवाभाव, साहस र मानवताको अद्वितीय उदाहरण प्रस्तुत गरेबापत उनलाई यो अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ ।

सोमबार सम्पन्न कार्यक्रममा विभिन्न ९ विधामा चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, अभियान्ता र स्वास्थ्य संस्थालाई अवार्ड दिइएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार