देउवाको गृहनगर पुग्ने सडक अझै कालोपत्रे हुन सकेन

डडेलधुरा । कांग्रेस सभापति तथा पाँच पटक प्रधानमन्त्री बनेका शेरबहादुर देउवाको पालिका गन्यापधुरा पुग्ने सडक अझै कालोपत्रे हुन नसकेपछि स्थानीयले आक्रोश पोखेका छन्।


गएको आर्थिक वर्ष २०८१/८२ को योजना तथा बजेटको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी धर्मराज भट्टलगायतले “प्रधानमन्त्रीकै पालिका भएर पनि सडक कालोपत्रे नभएको किनरु” भनेर प्रश्न उठाएका थिए।

SHIKHAR COOL TECH

गाउँपालिका अध्यक्ष इन्द्रबहादुर कार्कीले भातकाडा-रुवाखोला–रेल सडक कालोपत्रे गर्ने काम जारी रहेको र चालु वर्षमा नौ करोड विनियोजन भएकाले विस्तार हुने जानकारी दिए। तर, ठेकदार कम्पनी अनक जोशी मालीकाले सम्झौता भए पनि तोकिएको समयमा काम नगरेका कारण समस्या बढेको उनको भनाइ छ।

डोटी सडक डिभिजन कार्यालयमार्फत २०७८/७९ मा सम्झौता भएको साढे चार किलोमिटर खण्ड अझै कालोपत्रे हुन सकेको छैन। स्थानीयले भने लामो समयदेखि चर्को भाडा तिरेर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको गुनासो गरेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार