एसपीए कलेजको क्याम्पस प्रमुखमा सह–प्राध्यापक बुधराम चौधरी नियुक्त

धनगढीः धनगढीस्थित सुदूर पश्चिमाञ्चल क्याम्पस (एसपीए कलेज) को क्याम्पस प्रमुखमा सह–प्राध्यापक बुधराम चौधरी नियुक्त भएका छन्। मङ्गलवार क्याम्पसको अडिटोरियम हलमा आयोजित कार्यक्रममा उनलाई क्याम्पस प्रमुखको जिम्मेवारी प्रदान गरिएको हो।

त्रिभुवन विश्वविद्यालयबाट एमबिए अध्ययन पूरा गरेका चौधरीले वि.सं २०५६ सालमै एसपीए कलेज स्थापना भएपछि लेखा शास्त्र अध्यापन सुरु गरेका थिए। यसबिचमा उनले ईसीए कोर्डिनेटर, सहायक क्याम्पस प्रमुखसहित विभिन्न जिम्मेवारी सम्हालेका छन्। साथै, उनले कक्षा ११, १२ र बीबीएस प्रथम तथा द्वितीय वर्षका लागि देशभर प्रयोग हुने लेखा शास्त्रका पाठ्यपुस्तकमा सह–लेखकको भूमिका पनि निर्वाह गरेका छन्।

SHIKHAR COOL TECH

लगातार २७ वर्ष एउटै संस्थामा सेवा दिँदै आएका चौधरीलाई सुदूरपश्चिममा लेखा शास्त्र अध्यापनमा अब्बल प्राध्यापकका रूपमा चिनिन्छ। उनको लामो योगदानलाई कदर गर्दै एसपीए कलेज सञ्चालक समितिले क्याम्पस प्रमुखमा नियुक्ति गरेको जनाएको छ।

कार्यक्रममा बधाई दिँदै एसपीए कलेजका प्रबन्ध निर्देशक सुवास शाहीले सह–प्राध्यापक बुधराम चौधरी आदर्श र प्रेरणादायी व्यक्तित्व भएको बताउँदै, सही ठाउँ, सही समयमा सही व्यक्तिको छनोट भएकोमा खुसी व्यक्त गर्नुका साथै चौधरीको नेतृत्वमा अब क्याम्पसले नयाँ उचाइ लिने विश्वास प्रकट गरे।

यस्तै, नव–नियुक्त प्रमुख चौधरीले क्याम्पस स्थापनाकालदेखि नै कार्यरत संस्थामा प्रमुखको जिम्मेवारी सम्हाल्ने अवसर पाउनु गौरवको विषय भएको बताउँदै यस अघिका क्याम्पस प्रमुख ज्यूले गर्नु भएका सकारात्मक पक्षहरू लाई निरन्तरता दिँदै इमानदारी र लगनशीलतालाई आधार बनाएर सम्पूर्ण टिमसँग सहकार्य गर्दै क्याम्पसको समग्र उन्नयनमा लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार