डा. मेराज अन्सारीदेखि समाजसेवी कल्पना भट्टसम्म ९ जना विभूषित, सुदूरपश्चिम गौरा महोत्सव सुरु

भक्तराज जोशी

धनगढी । धनगढीमा सुरु भएको १०औं सुदूरपश्चिम गौरा महोत्सव भव्यतापूर्वक सम्पन्न हुँदैछ। डेउडा प्रतिष्ठानको आयोजनामा भइरहेको महोत्सवलाई सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाले एक विशेष समारोहबीच उद्घाटन गरेका हुन्।

महोत्सवको उद्घाटन समारोहमा विभिन्न क्षेत्रका ९ जना व्यक्तित्वलाई सम्मान गरिएको छ। स्वास्थ्य सेवातर्फ डा. मेराज आलम अन्सारी, कला–संस्कृतितर्फ साहित्यकार पदमबहादुर धामी, शिक्षातर्फ जगन्नाथ जोशी र समाजसेवातर्फ दृष्टि फाउन्डेसनकी सञ्चालिका कल्पना भट्टलाई सम्मान गरिएको हो।

Galaxy

त्यस्तै चल्ले साई श्रुति सम्मान कैलालीका खगेन्द्रराज अवस्थी, परिमल स्नेही समता सम्मान दार्चुलाकी कमला सिंह मुस्कान, महाशंकर देवकोटा वाङ्मय सम्मान डडेल्धुराका बासुदेव पाण्डेय, हरिश्चन्द्र कडायत साधना सम्मान बाजुराकी सगींता शाह र दलबहादुर बोगटी लोकप्रतिभा सम्मान डोटीका भीम अधिकारीलाई प्रदान गरिएको छ।

समारोहमा प्रदेशका विभिन्न सांस्कृतिक झाँकी, गौरा नाच, धुमारी, शिव–पार्वती–गणेश झाँकी तथा रनपुतला डेउडा प्रस्तुति गरिएका थिए। साथै वरिष्ठ डेउडा गायक केशवराज फुलाराको गीत विमोचन पनि गरिएको थियो।

संस्थाका महासचिव तोयनाथ भट्टका अनुसार काली–कर्णालीको पहिचानको रूपमा रहेको डेउडाको प्रचार–प्रसार, पर्यटन प्रवर्द्धन, भाषा–साहित्य, कला, संस्कृति, भेषभूषा र रहनसहनको जगेर्ना गर्दै नयाँ पुस्तामा लोकसंस्कृतिप्रतिको अभिरुचि बढाउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार