शान्ति सुरक्षाका लागि योजनावद्ध काम गर्छुः प्रहरी उपरीक्षक चन्द

धनगढी : जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक  (एसपी) नरेन्द्रबहादुर चन्दले शान्तिसुरक्षामा योजनाबद्ध रुपमा काम गर्ने बताएका छन्। भर्खरै कैलाली सरुवा भएर आएका एसपी चन्दले आज सञ्चारक्रमीहरुसँग अन्तरक्रिया गर्दै यस्तो बताएका हुन्।

उनले आफ्नो पाल्पा जिल्लापछिको दोस्रो कैलालीको जिल्ला कमाण्डलाई उपलब्धिमुलक बनाउने बताए। उनले त्यसका लागि आफूले जिल्लाको शान्ति सुरक्षामा योजनाबद्ध काम गर्ने, लागुऔषध दुव्र्यसनी नियन्त्रणमा काम गर्ने र विद्यालयस्ततरसम्म विभिन्न कार्यक्रम लैनाने पनि बताएका छन्।

SHIKHAR COOL TECH

त्यसका लागि उनले कार्यपत्र बनाएर योजनाबद्ध लागू गर्ने तयारी रहेको जानकारी दिए। यस्तै उनले कैलालीमा प्रहरीको आन्तरिक सुधारमा निर्मम भएर लाग्ने बताउँदै ट्राफिक प्रहरीको कामकारबाही सुधारबारे प्रयत्न गर्ने प्रतिबद्धता पनि गरे।

यस अगाडिका एसपी बालनरसिंह राणा चार महिना नपुग्दै सरुवा भएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) बाट चन्द पठाइएका हुन्।
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार