अफगानिस्तानमा भूकम्प : मृत्यु हुनेको संख्या ६१० पुग्यो

काठमाडौं : अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ६१० पुगेको छ। तालिबानको गृह मन्त्रालयले पूर्वी अफगानिस्तानमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ६१० पुगेको बताएको छ। मन्त्रालयका अनुसार १ हजार ३०० भन्दा बढी व्यक्ति घाइते भएका छ न्।

आइतबार राति ११:४७ बजे अफगानिस्तानको नान्गारहार र कुनार प्रान्तमा  ६.० म्याग्निच्युडको भूकम्प गएको थियो। यसको गहिराइ ८ किलोमिटर थियो। यसपछि,कम्तिमा तीन पटक फेरि भूकम्प गएको छ। जसको तीव्रता ४.५ देखि ५.२ सम्म थियो।

Seti Hospital

समाचार एजेन्सी एएफपीका अनुसार भूकम्पको धक्का अफगानिस्तानको राजधानी काबुल र पाकिस्तानको राजधानी इस्लामाबादसम्म महसुस गरिएको थियो। भूकम्पबाट धेरैजसो क्षति कुनार प्रान्तमा भएको रिपोर्ट गरिएको छ, जसको लगभग ९० प्रतिशत भूभाग पहाडी छ।

भूकम्प प्रभावित क्षेत्रहरूमा जाने सडकहरू धेरै साँघुरा छन् र तीमध्ये धेरै पहिरोका कारण बन्द भएका छन्। तालिबान अधिकारीहरूले आफूहरूसँग सीमित स्रोतसाधन रहेको र प्रभावित क्षेत्रहरूमा हेलिकोप्टर उपलब्ध गराउन र अन्तर्राष्ट्रिय संस्थाहरूबाट सहयोगो अपील गरेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार