विद्यालयमा नयाँ अभ्यास : कक्षा सुरु हुनुअघि अनिवार्य योग–ध्यान

रामेछाप — जिल्लाको उमाकुण्ड गाउँपालिकाले विद्यालय शिक्षा क्षेत्रमा नयाँ अभ्यासको थालनी गरेको छ । अब गाउँपालिकाभित्रका सबै विद्यालयमा कक्षा सुरु हुनुअघि विद्यार्थीहरूले अनिवार्य रूपमा योग–ध्यान गर्ने भएका छन् ।

‘योग सिकौं, योग सिकाऔं’ अभियानसहित गाउँपालिकाले शिक्षक, स्वास्थ्यकर्मी र जनप्रतिनिधिलाई सात दिने विशेष तालिम दिएर औपचारिक रूपमा कार्यक्रम लागू गरेको हो ।

Seti Hospital

गाउँपालिकाले माध्यमिक विद्यालयबाट दुई–दुई, आधारभूत विद्यालय (कक्षा १–८) बाट एक–एक, प्रत्येक वडास्थित स्वास्थ्य संस्थाबाट एक–एक स्वास्थ्यकर्मी र जनप्रतिनिधिसहित ३० जनालाई योग तथा ध्यानसम्बन्धी तालिम दिएको छ ।

तालिम प्राप्त शिक्षकमार्फत विद्यार्थी, अभिभावक र समुदायमा योग शिक्षा विस्तार गर्ने उद्देश्य रहेको गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले बताए ।

‘योगले मानिसलाई निरोगी बनाउने मात्र होइन, विद्यार्थीको स्मरण शक्ति र एकाग्रता बढाउँछ,’ अध्यक्ष सुनुवारले भने, ‘शारीरिक र मानसिक रूपमा स्वस्थ भएमात्र अध्ययनमा ध्यान केन्द्रित गर्न सकिन्छ, त्यसैले कक्षा सुरु हुनुअघि योग–ध्यान अनिवार्य गरिएको हो।’

कार्यक्रमअन्तर्गत विद्यार्थीलाई दैनिक जीवनशैलीमा ध्यान, शारीरिक व्यायाम र सकारात्मक सोच विकसित गर्ने अभ्यास गराइनेछ । स्वास्थ्यकर्मी र आमा समूहमार्फत समुदायमा पनि योगको महत्त्व फैलाउने योजना गाउँपालिकाले अघि सारेको छ ।

विद्यालयमा सुरु गरिएको योग कार्यक्रमलाई स्थानीय अभिभावकहरूले स्वागत गरेका छन् । यसले विद्यार्थीलाई अनुशासनबद्ध, स्वस्थ र मानसिक रूपमा सशक्त बनाउन मद्दत गर्ने उमाकुण्ड गाउँपालिका-४ प्रीति स्थित चण्डेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक रुद्रकुमार जेस्पुचाले बताए ।

यो अभ्यासलाई दीर्घकालीन रूपमा निरन्तरता दिँदै ‘स्वस्थ गाउँपालिका’ अभियानमा रूपान्तरण गर्ने तयारी गरेको गाउँपालिका अध्यक्ष सुनुवारले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार