बाजुराका स्याउ काँचै, ढुवानीमा अनुदानको प्रक्रिया अगाडि बढेन

धनगढी : बाजुरामा स्याउका बगैँचाको सङ्ख्या प्रत्येक वर्ष बढ्दै गएका सरकारी तथ्याङ्क छ। गत आर्थिक वर्षमा मात्र ८० हेक्टर नयाँ स्याउको बगैँचा विस्तार गरिएको छ।

सुदूरपश्चिम प्रदेश सरकार र बाजुराका स्थानीय तहहरूले समेत स्याउ खेतीमा लगानी गर्दै आएका हुन्। जिल्लामा कृषि समूह गठन तथा सकारी मार्फत सरकारी अनुदान स्याउ खेती विस्तार र ढुवानीमा जाने गरेको छ। कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जासिराम साहनीले जिल्लामा स्याउका बगैँचाको सङ्ख्या र क्षेत्रफल बढ्दै गएको बताए। उनले भने, “स्याउ यो पटक थोरै फेलेको छ। गत सालको जति छैन। एक वर्ष फल्ने, एक वर्ष नफल्ने हुन्छ। ५०–६० ट्रक मात्र होला। किसानका बगैँचाहरू बढ्दैछन्। ज्ञान केन्द्र र स्थानीय सरकारहरूले लगानी गर्दै छन्। यो वर्षपछि ८० हेक्टर बढेको होला।”

SHIKHAR COOL TECH

ढुवानीमा प्रदेश सरकारकाे अनुदान

बाजुरामा स्याउका बगैँचा निर्माणमा अनुदान दिदै आएको प्रदेश सरकारले ढुवानीमा समेत अनुदान दिने गरेको छ। जिल्लामा उत्पादन भएको स्याउमा प्रति किलोग्राम २ रुपैयाँसम्म अनुदानको तयारी गरिएको छ। चालु आर्थिक वर्षमा स्याउको ढुवानी अनुदानका लागि ६ लाख बजेट प्रदेश सरकारले विनियोजन गरेको छ। तर, सुदूरपश्चिमको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले स्याउको ढुवानी अनुदान वितरणका लागि कार्यविधि पठाएको छैन। कार्यविधि नभएकाले अनुदान वितरणका लागि ज्ञान केन्द्रले सूचना समेत सार्वजनिक गरेको छैन। उनले भने, “निवेदन परेपछि हो। सूचना खोलेपछि निवेदन परेपछि अनुदान दिने हो। कार्यविधि आएको छैन। कार्यविधि आयो भने, २ रुपैयाँ किलोग्राममा अनुदान दिन्छौ।”

काँचा स्याउ नटिप्न सुझाव

बाजुराका किसानका बगैँचाका स्याउ खानका लागि तयार भएका छैनन्। बाजुराको स्याउ तयार नभएकाले टिप्न थालिएको छैन। जिल्लाका किसानहरूलाई काँचो स्याउ नटिप्न स्थानीय सरकारहरूले सूचनामार्फत भनेका छन्। जिल्लाको स्वामिकात्तिक खाँपर र जगन्नाथ गाउँपालिकाले काँचो स्याउ नटिप्न भनेको हो। कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जासिराम साहनीले भदौ अन्तिमपछि मात्र जिल्लाको स्याउ बजारमा आउने बताए। उनले भने, “स्याउ तयार भएको छैन। स्वामिकार्तिक, जगन्नाथ गाउँपालिकाले काँचो स्याउ नटिप्न भनेका छन्। सूचना नै जारी गरेका छन्। यो महिनाको अन्तिम तिर स्याउ बजारमा आउछ होला।”

चालु आर्थिक वर्षमा जिल्लामा गत आर्थिक वर्षको भन्दा स्याउको उत्पादन कम हुने अनुमान गरिएको छ। तर, पाँच सय टन स्याउ असोज पहिलो अप्ता तिर धनगढी, नेपालगञ्ज र सुर्खेतसम्म आउनु अनुमान गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार