साना — यमनको राजधानी सानामा इजरायली हवाई आक्रमणमा हुथी विद्रोहीका प्रधानमन्त्री अहमद अल–रहावीको मृत्यु भएको छ ।
हुथीले पनि आफ्ना नेता मारिएको पुष्टि भएको छ । हुथीले उक्त घटनाको निन्दा गरेको छ । अलजजीराका अनुसार हुथीले उक्त आक्रमणको बदला लिने चेतावनी दिएको छ ।
शनिबार हुथीले जारी गरेको एक वक्तव्यमा बिहीबार सानामा भएको आक्रमणमा रहाबीका साथै अन्य मन्त्रीहरुसमेत मारिएको जनाएको छ ।
वक्तव्यमा भनिएको छ, ‘अल रहावी हुथी नियन्त्रण क्षेत्रका प्रधानमन्त्री हुन् । एक कार्यशालामा सहभागी भएका प्रधानमन्त्रीसहित अन्य मन्त्रीहरुमाथि निशाना बनाइएको छ ।’
इजरायली आक्रमणमा अन्य कति मारिएका छन् भन्ने विवरण भने हुथीले खुलाएको छैन ।
हुथीको सर्वोच्च राजनीतिक परिषदका अध्यक्ष रहेका यमनी राजनेता तथा सैन्य अधिकारी महदी अल–मशातले एक भिडियो जारी गर्दै बदला लिने र इजरायलले यस आक्रमणको चर्को मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्
प्रतिक्रिया दिनुहोस्