कैलाली उद्योग वाणिज्य संघको विधान संशोधन विवादमा, उम्मेदवार रोकिएको आरोप

धनगढी  : आगामी भदौ २८ गते हुने कैलाली उद्योग वाणिज्य संघको निर्वाचन अघि विधान संशोधन भएपछि विवाद उत्पन्न भएको छ। संघले कम्तीमा एक पटक सदस्य भएकाले मात्र पदाधिकारी र एक पटक पदाधिकारी भएकाले मात्र अध्यक्षमा उम्मेदवारी दिन सक्ने व्यवस्था गरेको छ।

व्यवसायी सुरेन्द्र राठीले आफू अध्यक्षमा उम्मेदवार हुने सम्भावना रहे पनि कार्यसमितिले नियम बदल्दै रोक लगाएको आरोप लगाएका छन्। उनले साधारण सदस्यलाई जानकारी नै नदिई पद सुरक्षित गर्न संशोधन गरिएको दाबी गरेका छन्।

SHIKHAR COOL TECH

संघका महासचिव ओम विष्टले भने उच्च अदालत दिपायलको फैसला कार्यान्वयनका लागि संशोधन भएको स्पष्ट पार्दै, एकै पटक माथिल्लो पदमा पुग्ने प्रवृत्ति रोक्न यस्तो व्यवस्था गरिएको बताए। संशोधनलाई जिल्ला प्रशासनले पनि अनुमोदन गरिसकेको संघले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार