पूर्वराष्ट्रपति भण्डारीको गृह जिल्ला पुगेर प्रचण्डले भने,‘राजनीतिमा आउने बाटो मैले खोल्दिएको हुँ’

काठमाडौं : प्रतिपक्षी दलका नेता माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा आउने प्रत्यक्ष वा परोक्ष बाटो खाफूले खोलिदिएको दाबी गरेका छन्।

Seti Hospital

विहीबार बिराटनगर विमानस्थलमा पत्रकारसँगको कुराकानीका क्रममा उनले यस्तो बताएका हुन्। 

भण्डारीको गृह जिल्ला पुगेर उनले भने,‘मैले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनः पासाङलाई माओवादीमा सक्रिय बनाएका कारण त्यसको असरअनुसार भण्डारी राजनीतिमा सक्रिय हुनुभएको हो।’

यसबाहेक उनले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको सल्लाहमा नै भण्डारी राजनीतिमा सक्रिय भएको पनि दाबी गरेका छन्।

प्रचण्डले भण्डारीको पार्टी सदस्यता नवीकरणदेखि चीन भ्रमणसम्म सबै ओलीकै सल्लाहमा भएको जिकिर गर्दै भने,‘भण्डारीजी सक्रिय राजनीतिमा आउन चाहनुभएको कुरा स्पष्ट छ। सदस्यता नवीकरणदेखि चीन भ्रमणसम्म सबै ओलीजीकै सल्लाहमा भएको हो।’ 

तर भण्डारीको चीन भ्रमण भएपछि फरक दृश्य देखिएको पनि उनको भनाई थियो। 

राष्ट्रपति र उपराष्ट्रपति पदमा रहिसकेका व्यक्ति पुनः सक्रिय राजनीतिमा फर्किनु संविधान विपरीत नहुने पनि दाबी गरे। नेपालको संविधानले पूर्वराष्ट्रपति वा उपराष्ट्रपतिलाई पार्टी राजनीतिमा फर्कन नपाइने कुनै प्रावधान नराखेको प्रचण्डको भनाई छ।
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार