काठमाडौँ — भारतको महाराष्ट्रस्थित पालघर जिल्लाको विरार क्षेत्रमा एक घर भत्किँदा १५ जनाको मृत्यु भएको छ ।
स्थानीय अधिकारीहरूका अनुसार भग्नावशेषबाट बिहीबार थप तीन शव निकालिएको छ । बुधबार राति करिब १२ बजेतिर विजय नगर क्षेत्रमा रहेको करिब यो चार तल्ले भवन ढलेको थियो ।
प्रत्यक्षदर्शीहरूका अनुसार चौथो तल्लामा एक वर्षीया बालिकाको जन्मदिन मनाइँदै गर्दा भवनको एक भागमा रहेका १२ वटा फ्ल्याट अचानक भत्किएका थिए ।
बालिकाको जन्म दिन मनाउन आएका पाहुना र त्यहाँका धेरै मानिसहरू भग्नावशेषमुनि फसेका थिए । पालघर जिल्लाका कलेक्टर डा.इन्दु रानी जाखरले मृत्यु हुनेको संख्या १५ पुगेको पुष्टि गरिन् ।





प्रतिक्रिया दिनुहोस्