रास्वपाले भन्यो- सरकार पुरै थाकेको देखियो, कुनै नयाँ कार्यक्रम अघि सार्न सकेन

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले सरकारले ल्याएको नीति तथा कार्यक्रममा नयाँ कुरा केही नभएको प्रतिक्रिया दिएका छन्।

नीति तथा कार्यक्रम सार्वजनिक भएपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उनले भने, ‘नयाँ कुरा केही छैन। सरकार पुरै थाकेर, हारेको जस्तो देखियो। केही नयाँ कार्यक्रम घोषणा गर्न सकेको छैन।’

SHIKHAR COOL TECH

उनले पछिल्लो दशकहरुमै सुनेको कार्यक्रमलाई नै निरन्तरता दिएको उनले बताए। शक्तिशाली सरकार भए पनि पटक पटक फेल भएकै कार्यक्रमहरू नै अघि सारेको आरोप लगाए।

उनले थपे, ‘०७४ चुनावपछि दुई तिहाइको सरकार बन्दा पुरा गर्न नसकिने, हावादारी भए पनि सुन्दा रमाइलो लाग्ने कार्यक्रम देखिन्थ्यो। आज यो बलियो सरकार हुँदा पनि कुनै नयाँ कार्यक्रम राखेको छैन।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार