डडेल्धुरामा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु

धनगढी : डडेल्धुरामा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । नवदुर्गा गाउँपालिका–५ को चौडको कच्ची सडक खण्डमा बिहीबार बिहान से १ ज ७३८ नम्बरको जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका निमित्त प्रमुख प्रहरी निरीक्षक डम्बर विष्टले ठाडा बजारबाट डडेल्धुरा सदरमुकामतर्फ आइरहेको जिप दुर्घटनामा परेको बताए ।

Seti Hospital

उनकाअनुसार घटनास्थलमा भर्खरै प्रहरी टोली पुगेको छ । जिप सडकबाट करिब पाँच सय मिटर तल जंगलमा खसेको छ । सो स्थानमा अहिलेसम्म चार जनाको शव फेला परेको प्रहरी निरीक्षक विष्टले बताए ।

मृतकको सनाखत हुन सकेको छैन । दुर्घटनाको कारण पनि खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा कम्तीमा पनि चार जना घाइते अवस्थामा रहेको भनिए पनि अझै यकिन हुन नसकेको उनले बताए ।

दुर्घटनामा परेर घाइते भएकाहरुको उद्धार कार्य चलिरहेको छ । उनीहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।

उक्त जिप करिब सवा नौ बजेतिर दुर्घटना भएको अनुमान छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार