धनगढी : धनगढीमा गौरा महोत्सव हुने भएको छ । गौरा पर्वका अवसरमा यही भाद्र १६ गतेदेखी धनगढीको खुलामञ्चमा गौरा महोत्सव हुने भएको हो ।
डेउडा प्रतिष्ठानले गौरा महोत्सवको १०औ संस्करण आयोजना गर्न लागेको प्रतिष्ठानका केन्द्रिय अध्यक्ष सुरत रावत डोटेली कान्छाले बताएका छन । उनले प्रतिष्ठानले हरेक बर्ष गौरा पर्वको अवसरमा महोत्सवको आयोजना गर्ने गरेको बताए ।
धनगढीको खुला मञ्चमा ३ दिनसम्म सञ्चालन हुने गौरा महोत्सवमा विभिन्न समुदायका झाँकी, चर्चित डेउडा गायक गायिकाका दोहोरीसंगै विद्यालय स्तरीय डेउडा प्रस्तुति रहने अध्यक्ष रावतले बताए । काली – कर्णालीको पहिचानको रुपमा रहेको डेउडालाई देशविदेशमा प्रचारप्रसार गर्ने हेतुले महोत्सव आयोजना गर्ने गरिएको उनले बताए ।
यस क्षेत्रको पर्यटन प्रबद्र्धनका साथै भाषा, कला, साहित्य, संस्कृति, भेषभुषा र रहनसहनको प्रचार प्रसार एवम् युवा पुस्तालाई लोक संस्कृतिको जगेर्नामा उत्साहित गर्न महोत्सवले महत्वपुर्ण योगदान पु¥याईरहेको उनले बताए । सुदूरपश्चिम गौरा महोत्सवमा कुनै पनी शुल्क नराखिएको आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्