सुदूरपश्चिममा गौराको चहलपहल सुरु,भोलि बिरूडा पञ्चमी

धनगढी : सुदूरपश्चिमको मौलिक पर्व गौराको चहलपहल सुरु भएको छ।प्रदेशका नौ जिल्लासँगै सुदूरपश्चिमेलीहरूले बसोबास गर्दै आएका अन्य क्षेत्रमा समेत मनाइँदै आएको गौरा पर्वको चहलपहल सुरु भएको हो।

गौरा पर्व बिहीबारदेखि सुरु हुँदै छ।पर्वका लागि काम विशेषले विदेशीएका र देशभित्रै घरबाहिर रहेकाहरु थातथलो फर्किन थालेका छन्।बिहीबार बिरुडा पञ्चमीका दिन पाँच प्रकारका अन्न भिजाएर पर्वको औपचारिक सुरुवात गरिने छ। 

SHIKHAR COOL TECH

गौराको पहिलो दिनलाई बिरूडा पञ्चमीका रूपमा मनाउने गरिएको छ।उक्त दिन पाँचथरी गेडागुडी (गहत, गहुँ, केराउ, मास र गुराँस) लाई संकलन गरेर विधिवत् कर्मकाण्ड र फाग गाउँदै भिजाउने गरिएको छ।

गौरा पूजनका लागि प्रयोग हुने अक्षता र प्रसाद स्वरूप संकलित बिरूडालाई एउटा पवित्र ताम्रपत्र, पित्तल वा उपलब्ध भाँडामा एकसाथ मिलाएर मांगलिक पूजाआजाका साथ व्रतालु महिलाहरूबाट बिरूडा भिजाउने काम गर्ने गरिएको छ।पञ्चमीका दिन भिजाएका बिरुडालाई षष्ठीका दिन नजिकका धारा, तलाउ वा पोखरीमा लगेर धुने गरिन्छ। 
सोही दिन फाग, धमारी चाचरी, सगुना, डेउडालगायतका गीत गाउनुका साथै खेल खेल्ने चलन पनि छ ।सप्तमीको दिन गौरालाई गौरा घरमा भित्र्याउने गरिन्छ।त्यो दिन व्रतालु महिलाहरूले साँझ गौरा घरमा गौराको पूजा गर्ने चलन छ।

अष्टमी अर्थात् गौराष्टमीका दिन पूजाआजा गर्दै मङ्गलगानका साथमा गौरा नचाइन्छ । त्यसैक्रममा गौरालाई गौराघरको आँगनमा ल्याएर राखिन्छ ।पाँच दिनसम्म गौरा महेश्वरको पूजाआजा गरी धमारी, फाग, डेउडा गीत गाउने र डेउडा खेल्ने चलन छ । 

पौराणिक कालमा हिमालयपुत्री पार्वतीले महादेवलाई पति पाउँ भनेर बालुवाको शिवलिङ्ग बनाएर कष्टसाध्य तपस्यापश्चात् बरदान पाएर शिवलाई पति बनाउन सफल भएको धार्मिक मान्यता छ । सोहीअनुसार गौरा पर्व मनाइँदै आएको पाइन्छ । भगवान् शिव र पार्वतीको पूजा आरधना एवम् व्रत अनुष्ठानबाट सुस्वास्थ्य एवम् शौभाग्य र समृद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार