बैतडीका भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण गरिँदै

बैतडी : जिल्लामा रहेका अव्यवस्थित बसोबास गर्ने, भूमिहीन सुकुम्वासी र भूमिहीन दलित परिवारलाई लालपुर्जा वितरण गर्ने तयारी थालिएको छ। लालपुर्जा वितरण गर्ने लक्ष्यअनुसार भूमी समस्या समाधान आयोग जिल्ला समितिले कार्ययोजना बनाएर सदस्यहरूसँग कार्यसम्पादन सम्झौता गरेको हो।  

समितिको बैठकले अध्यक्षसहित सदस्यहरूलाई जिम्मेवारी बाँडफाँड गर्नुका साथै कार्यसम्पादन सम्झौता गरिसकिएको भूमी समस्या समाधान आयोग, जिल्ला समितिका अध्यक्ष रमेशदत्त पाण्डेयले बताए। 

Seti Hospital

समितिले आगामी माघसम्म गर्न सकिने कामको कार्ययोजना बनाएर सोहीअनुसार जिम्मेवारी बाँडफाँड गरिएको जिल्लास्थित नापी कार्यालयका प्रमुख एवं सदस्यसचिव रणबहादुर रावलले जानकारी दिए।  

जिल्लामा रहेका अव्यवस्थित बसोबासी, भूमिहीन सुकुम्वासी र भूमिहीन दलितलाई लालपुर्जा वितरण गर्ने लक्ष्यसहित समितिले काम गरिरहेको अध्यक्ष पाण्डेयले बताएका छन्। स्थानीय तहहरूमा समितिको कामलाई प्रभावकारी रूपमा अगाडि बढाउन, स्थानीय तहसँग समन्वय र सहकार्य गर्न अध्यक्षसहित सदस्यहरूलाई जिम्मेवारी तोकिएको उहाँको भनाइ छ।

अध्यक्ष पाण्डेयका अनुसार पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका, मेलौली नगरपालिका र दशरथचन्द नगरपालिकामा अध्यक्षको समन्वयमा समितिको तर्फबाट काम हुनेछ। पुर्चौँडी नगरपालिका र सिँगास गाउँपालिकामा समिति सदस्य जगदीश नायकलाई जिम्मेवारी दिइएको छ भने दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिकामा समिति सदस्य जानकी अवस्थीलाई जिम्मेवारी दिइएको उनले जानकारी जानकारी दिए। 

पाटन नगरपालिका र सुर्नया गाउँपालिकामा समिति सदस्य सरस्वती जोशीलाई जिम्मेवारी दिइएको छ। जिल्लाका १० वटै स्थानीय तहमा रहेका भूमिहीनको लगत सङ्कलन गरिसक्ने, आगामी असोजमा प्रमाणीकरण गरिसक्ने, कार्तिकमा जग्गा छनोट तथा नापजाँच गरिसक्ने, मङ्सिरमा श्रेष्ताको तयारी सक्ने र माघमा पुर्जा तयार गरी हस्तान्तरण गर्ने कार्ययोजना बनाइएको अध्यक्ष पाण्डेयले जानकारी दिए।  

जिल्लामा अहिलेसम्म दुई हजार ३९१ जनाको निवेदन परेको छ। आयोगले आगामी असोज २ गतेसम्म अन्तिम पटकका लागि आवेदन आह्वान गरेको भूमी समस्या समाधान आयोग जिल्ला समितिले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार