रास्वपा सचिवालय बैठक जारी

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय वनस्थली ५ एजेण्डामा छलफल गर्नको लागि बैठक बसेको प्रवक्ता मनिष झाले बताए।

उनका अनुसार बैठकमा समसामयिक राजनैतिक एवं पार्टी गतिविधि, पार्टी सभापति रवि लामिछानेको पक्षमा चलाइएको हस्ताक्षर अभियान, हुँदै गरेको पार्टी प्रशिक्षण कार्यक्रम, संगठन सम्बन्धी गतिविधिबारे छलफल हुनेछ।

यस्तै, केन्द्रीय संगठन, प्रशिक्षण, अभियान तथा प्रचारप्रसार र प्रवास नेपाली सम्पर्क विभागको क्रियाशीलता, प्रदेश इन्चार्ज कार्यसम्पादन, रुपन्देही ३ उम्मेदवार छनोट प्रक्रिया अन्तर्गत मूल्यांकन विधिबारे पनि छलफल हुनेछ।

विधिमा प्रारम्भिक निर्वाचन कार्यविधि २०८२, वडा परिषद् कार्यविधि (पालिका परिषद् कार्यविधि, जिल्ला अधिवेशन कार्यविधि समेत) आदि र विशेषज्ञहरूलाई आव्हान गर्ने विषयमा पनि छलफल हुने बताए।

यस्तै बैठकमा सांसद डाक्टर चन्दा कार्कीको नेतृत्वमा गठित भिजिट भिसा प्रकरणमा पीडितहरूको सहयोग गर्दा पार्टी नेताको अवाञ्छित संलग्नता भएको भन्ने विषयमा छानबिन गर्न गठन भएको छानबिन समितिको प्रतिवेदन पनि समितिले सचिवालयलाई बुझाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार