१५ वर्षअघिको सामूहिक बलात्कार प्रकरणका दुई फरार प्रतिवादी पक्राउ

काठमाडौँ — दाङको तुलसीपुरमा १५ वर्षअघि भएको सामूहिक बलात्कार प्रकरणका फरार दुई प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

अपहरण गरी सामूहिक जबरजस्ती करणी मुद्दामा कैद सजाय पाएका तर फरार रहेका जिल्लाको साबिक उरहरी गाविस–६ वेलटाकुरा बस्ने चन्द्र बिएम बुढामगर र यादव टण्डन खत्रीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीईइबी) ले पक्राउ गरेको हो।

SHIKHAR COOL TECH

ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार बुढामगरलाई मंगलबार र खत्रीलाई बुधबार पक्राउ गरिएको हो। उनीहरू तारकेश्वरमा बस्दै आएको अवस्थामा फेला परेका हुन्।

सर्वोच्च अदालतको संयुक्त इजलासमा न्यायाधीश श्रीकुमार रेग्मी र हरिप्रसाद फुयाँलको २०७९ जेठ १० गतेको फैसलाले बुढामगरलाई ६ वर्ष र खत्रीलाई १६ वर्ष कैद सजाय तोकेको थियो।

तुलसीपुरको नयाँ बसपार्कमा रहेको न्यु राप्ती होटलमा बस्न गएकी एक किशोरीलाई नशामा रहेका युवाहरूले नजिकैको पातुखोला किनारमा लगेर पालैपालो जबरजस्ती करणी गरेको आरोपमा उनीहरूसहित ९ जनालाई अदालतले दोषी ठहर गरेको थियो।

सर्वोच्च अदालतको फैसलाले सोही ठाउँका कृष्णसागर वली, मिनकेतन गिरी र सचिन योगीलाई २ वर्ष कैद सजाय, बुद्धि प्रकाश केसी र सुनिल वलीलाई १६ वर्ष तथा नवीन बस्नेतलाई ६ वर्ष कैद सजाय तोकेको थियो।

अदालतले उनीहरू सबैबाट जनही ५० हजार क्षतिपूर्ति समेत तोकेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार