बाजुरामा दुई युवक चरेस र खैरो हेरोइनसहित पक्राउ

बाजुरा : बाजुरामा दुई युवक चरेस र खैरो हेरोइनसहित पक्राउ परेका छन्।

गए राति १० बजे बाजुराको बडिमालिका नगरपालिका–८ मार्तडी बजार नजिक प्रहरीले दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा बडिमालिका–९ का २७ वर्षीय लक्ष्मण विक र कैलालीको गौरीगंगा नगरपालिका–१ चौमालाका ३१ वर्षीय दिपेन्द्र घर्ती मगर रहेका छन्।

उनीहरूको साथबाट १० ग्राम चरेस र १०० मिलिग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ। दुवै जनालाई जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार