काठमाडौं : उखु किसानहरूको आन्दोलनमा नेकपा माओवादी केन्द्रले ऐक्यबद्धता जनाएको छ ।
माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ मंगलबार उखु किसानहरूको आन्दोलनमा पुगेर ऐक्यबद्धता जनाएका हुन् ।
सो क्रममा वरिष्ठ उपाध्यक्ष श्रेठले उखु किसानका माग जायज भएकाले सरकारले पूरा गर्नुपर्ने बताए ।
किसानका मागमा पार्टीको समर्थन रहेको भन्दै श्रेष्ठले माग पूरा गरेर पीडित किसानलाई सरकारले सघाउनुपर्ने बताए ।
बजेट अभाव देखाउँदै सरकारले उखु किसानलाई प्रतिक्विन्टमा ७० रुपैयाँ घटाएर ३५ रुपैयाँ कायम गरेपछि किसान रुष्ट बनेका हुन् ।
आइतबारदेखि काठमाडौं केन्द्रित प्रदर्शन थालेका उखु किसानहरूले साविककै अनुदान गरेर वितरण गरिनुपर्ने माग गर्दै आएका छन् ।
सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा र नवलपरासीबाट आएका किसानहरूले विरोधस्वरुप उखु नै बोकेर सरकारको निर्णयविरुद्ध नारावाजी गरिरहेका छन् ।
उखु उत्पादक महासंघको नेतृत्वमा किसानहरूले काठमाडौंको माइतीघरमण्डलासहित बानेश्वर क्षेत्रमा प्रदर्शन गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्