उखु किसानको आन्दोलनमा माओवादी केन्द्रको ऐक्यबद्धता

काठमाडौं : उखु किसानहरूको आन्दोलनमा नेकपा  माओवादी केन्द्रले ऐक्यबद्धता जनाएको छ ।

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ मंगलबार उखु किसानहरूको आन्दोलनमा पुगेर ऐक्यबद्धता जनाएका हुन् ।

Galaxy

सो क्रममा वरिष्ठ उपाध्यक्ष श्रेठले उखु किसानका माग जायज भएकाले सरकारले पूरा गर्नुपर्ने बताए ।

किसानका मागमा पार्टीको समर्थन रहेको भन्दै श्रेष्ठले माग पूरा गरेर पीडित किसानलाई सरकारले सघाउनुपर्ने बताए

बजेट अभाव देखाउँदै सरकारले उखु किसानलाई प्रतिक्विन्टमा ७० रुपैयाँ घटाएर ३५ रुपैयाँ कायम गरेपछि किसान रुष्ट बनेका हुन् ।

आइतबारदेखि काठमाडौं केन्द्रित प्रदर्शन थालेका उखु किसानहरूले साविककै अनुदान गरेर वितरण गरिनुपर्ने माग गर्दै आएका छन् ।

सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा र नवलपरासीबाट आएका किसानहरूले विरोधस्वरुप उखु नै बोकेर सरकारको निर्णयविरुद्ध नारावाजी गरिरहेका छन् ।

उखु उत्पादक महासंघको नेतृत्वमा किसानहरूले काठमाडौंको माइतीघरमण्डलासहित बानेश्वर क्षेत्रमा प्रदर्शन गरिरहेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार