राज्य व्यवस्था समिति सभापतिबारे निर्णय गर्न देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौँ : राज्य व्यवस्था तथा सुशासन समितिको सभापति कसलाई बनाउने भन्नेबारेमा कांग्रेसले अहिलेसम्म निर्णय गर्न सकेको छैन।

SHIKHAR COOL TECH

सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्काको मनस्थिति निवर्तमान सभापति खतिवडालाई नै दोहोर्‍याउने पक्षमा छ। तर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित अधिकांश नेताहरूले खतिवडालाई दोहोर्‍याउँदा सन्देश राम्रो नजाने भन्दै विकल्पमा जानुपर्ने सुझाव दिइरहेका छन्।

निजामती विधेयकमा समावेश गरिएको कुलिङ पिरियडको गडबडीबारे छानबिन गर्न गठित जीवन परियार नेतृत्वको समितिले निवर्तमान सभापति खतिवडा र समितिका सचिव सुरजकुमार दुरालाई मुख्य नैतिक जिम्मेवार ठहर्‍याएको थियो। त्यसलगत्तै खतिवडाले राजीनामा दिएका थिए।

उनको विकल्पमा राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यसमेत रहेका सांसद दिलेन्द्र बडुको नाम चर्चामा छ। आज दिउँसो १ बजे मनोनयन कार्यक्रम रहेकाले त्यसअघि उम्मेदवार छनोट गर्न कांग्रेस सभापति देउवाले बूढानीलकण्ठस्थित निवासमा पदाधिकारी बैठक बोलाएका छन्।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेका अनुसार उक्त बैठकबाट नै कसलाई सभापति बनाउने भन्ने नाम टुंगो लाग्नेछ। अहिलेसम्म छलफल मात्रै भएको छ तर कसैको विषयमा पनि टुंगो लागेको अवस्था छैन। नेताहरूबीच जे सहमति हुन्छ त्यहीअनुसार नामको टुंगो लाग्ने उनले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार