तीजले सामाजिक, सांस्कृतिक एकतालाई बलियो बनाउँछ : प्रदेश प्रमुख मियाँ

धनगढी : सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले तीज पर्वले सामाजिक र सांस्कृतिक एकतालाई अझ सबल बनाउने विश्वास व्यक्त गरेका छन्।

हरितालिका (तीज)–२०८२ को अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख मियाँले तीज पर्वले महिलाको सम्मान वृद्धिसँगै पारिवारिक प्रेम, स्नेह र आत्मीयता अभिवृद्धि गर्दै आएको उल्लेख गरे।

Seti Hospital

उनले नेपालीबीच आपसी प्रेम, बन्धुत्व र एकताको भावना अझ बलियो बनाउने विश्वास समेत व्यक्त गरेका छन्। ‘सांस्कृतिक विविधताले भरिपूर्ण हाम्रो मुलुकमा परापूर्वकालदेखि मनाउँदै आइएको यस पर्वले मौलिक संस्कृतिको र परम्पराको संरक्षण, सम्बद्र्धन र विकासमा टेवा पु¥याउनुका साथै समाजका हरेक क्षेत्रमा महिलाको समान पहुँचलाई अझ सबल रूपमा अघि बढाउँदै सामाजिक र सांस्कृतिक एकता तथा पारिवारिक प्रेम, सद्भाव र आत्मीयता अभिवृद्धि गर्दै जाने विश्वास लिएको छु,’ प्रदेश प्रमुखले जारी गरेको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

शुभकामना सन्देशमार्फत प्रदेश प्रमुख मियाँले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण हिन्दू धर्मावलम्बी नेपाली दिदीबहिनीहरूलाई सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य, दीर्घायु र सौभाग्यको शुभकामना दिएका छन्

भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीजमा अविवाहित नारीले योग्य वर प्राप्त गर्न र विवाहित नारीले पारिवारिक सुख–समृद्धि तथा दीर्घायु जीवनको कामना गर्दै व्रत बस्ने चलन रहेको छ। भगवान् शिवको पूजा–आराधना गर्दै नाचगान र हर्षोल्लासपूर्वक मनाइने यो पर्व प्राचीनकालदेखि नै धार्मिक, सांस्कृतिक र सामाजिक महत्व बोकेर आएको छ।
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार