आयुर्वेद चिकित्सालयमा ६ हजारमै पायल्स, फिसर र फिस्टुलाको शल्यक्रिया

धनगढी : प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीमा पायल्स, फिसर र फिस्टुलाको उपचार हुने गरेको छ।

धनगढी-१३ राजपुरमा रहेको आयुर्वेद चिकित्सालयमा न्यूनतम शुल्कमा उपचार र शल्यक्रिया हुने गरेको छ। चिकित्सालयमा पायल्स, फिसर र फिस्टुलाको जटिल खालको शल्यक्रिया गर्न जम्मा ६ हजार मात्र शुल्क तोकिएको छ। बिरामीले अस्पताल भर्ना हुनु पर्यो भने दुई सय शुल्क मात्रै लाग्छ।

SHIKHAR COOL TECH

दुई सयमा बिरामीलाई बेड भर्ना गर्नुका साथै दुई छाक खाना र दुई पटक नास्ता समेत दिने गरेको चिकित्सालयका मेसु डाक्टर रामकामेश्वर ठाकुरले बताए। ‘चिकित्सालयले सस्तो र भरपर्दो उपचार सेवा दिने गरेको छ। हामीले सामान्य छ  भने दुई हजार, मध्यम छ भने तीन हजार पाँच सय र जटिल खालको छ भने ६ हजारमा शल्यक्रिया गर्ने गरेका छौँ,’ मेसु ठाकुरले भने।

सुदूरपश्चिमका पहाडी जिल्लाका बिरामी उपचारका लागि भारत जाने गरेका छन्। ती बिरामीबाट भारतीय सहरमा पायल्स, फिसर र फिस्टुलाको शल्यक्रियाका लागि मनलाग्दी शुल्क लिने गरिएको छ। तर, प्रादेशिक आयुर्वेद चिकित्सालयमा भने भर्ना गर्न केबल दुई सय मात्रै शुल्क तोकिएको छ। शल्यक्रिया गरेर अस्पताल बस्दासम्म बिरामीलाई दुई छाक खाना र दुई पटकको नास्ता निःशुल्क दिइने डाक्टर ठाकुरले बताए।

प्रादेशिक आयुर्वेद चिकित्सालयमा ओपिडी सेवा अन्तर्गत बालरोग, काया चिकित्सा, नाक, कान घाटी रोग, स्त्री प्रसूति, शल्य र होमियोप्याथी उपचार सेवा उपलब्ध छ। यस्तै, चिकित्सालयमा एक्सरे सेवा, भिडियो एक्सरे, इसिजी, प्रयोगशाला सेवा, पूर्वकर्म तथा पञ्चकर्म सेवा, जलौका सेवा, क्षारसुत्र सेवा, अग्निकर्म, अन्तरङ्ग सेवा र योग परामर्श सेवा सञ्चालनमा छन्।

चिकित्सालयमा हाल ९ जना चिकित्सक कार्यरत छन्। अस्पतालमा आउने बिरामीको सहज उपचार हुने व्यवस्था मिलाइएको मेसु ठाकुरले बताए। हामीले सजिलै उपचार गर्ने व्यवस्था मिलाएका छौँ। यहाँ आउने बिरामीलाई आएकै दिन उपचार सेवा दिने गरेका छौँ,’ उनले भने, ‘दैनिक चार/पाँच जनाको शल्यक्रिया हुने गरेको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार